बेलायतमा म:म र र नेपाली बियरले पायो ग्रेट टेस्ट अवार्ड २०२५
सारांश
- लन्डनस्थित नेपाल फुड्सको चिकन मःम र नेपाली बियरले ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ।
- चिकन मःमको स्वादबारे निर्णायकले नेपालमै खाएको जस्तो स्वादिष्ट रहेको प्रतिक्रिया दिए।
- नेपाल फुड्सका अनुसार नेपाली बियर युके, पोर्चुगल, जापानलगायत युरोपका विभिन्न देशमा उपलब्ध छ।
लन्डन । लण्डनस्थित ‘नेपाल फुड्स’ को लोकप्रिय नेपाली उत्पादन चिकन मःम र नेपाली बियरले विश्वप्रसिद्ध ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ।
गिल्ड अफ फाइन फुडद्वारा आयोजित ग्रेट टेस्ट अवार्डमा विश्वभरका १४,३४० वटा उत्पादनबिच प्रतिस्पर्धा हुँदा ‘नेपाल फुड्स’ को चिकन मःम र नेपाली बियरले १-स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो।
चिकन मःमको स्वादबारे एक निर्णायकले ‘नेपालमै खाएको मःमको सम्झना दिलाउने अत्यन्तै स्वादिष्ट’ रहेको प्रतिक्रिया दिए। नेपाली बियरलाई ‘हल्का तितो, स्वादिलो र माल्ट-लेड बियर’ भनेर प्रशंसा गरिएको थियो।
ग्रेट टेस्ट अवार्ड गिल्ड अफ फाइन फुडले सञ्चालन गर्ने विश्वकै सबैभन्दा ठुलो, पुरानो र भरपर्दो खाद्य र पेय पदार्थको पुरस्कार हो । यसले उत्कृष्ट स्वाद तथा परिकारलाई पहिलो प्राथमिकता दिन्छ। सबै प्रतियोगितात्मक वस्तुहरूलाई ब्लाइन्ड टेस्ट अर्थात् बिना नाम वा प्याकेजिङमा परीक्षण गरिन्छ।
सन् २०२५ मा ५०० भन्दा बढी निर्णायकले ११० दिनसम्मको मूल्याङ्कन प्रक्रियामा सहभागी भएर १-स्टार, २-स्टार र ३-स्टार अवार्ड प्रदान गरेका थिए। ग्रेट टेस्ट अवार्डले पुरस्कार प्राप्त उत्पादनलाई तीन वर्षसम्म मान्यता दिन्छ र त्यो अवार्ड सम्बन्धित उत्पादनमा मात्र प्रयोग गर्न पाइन्छ।
उक्त अवार्ड प्राप्त गरेपछि नेपाल फुड्सका प्रमुख विकास नेपाल भन्छन्, ‘हाम्रो चिकन मःम र नेपाली बियरले ग्रेट टेस्ट अवार्ड प्राप्त गर्नु नेपाली मौलिक स्वाद विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर हो। यो हाम्रो मःमको दोस्रो अवार्ड हो। नेपालमा मःम दाल-भातपछि सबैभन्दा बढी खाइने खाना हो र यसले अन्तर्राष्ट्रिय मान्यता पाउनु हाम्रो सपना हो।’
‘सन् २०२४ अप्रिलबाट सुरु गरिएको हाम्रो नेपाली बियरले छोटो समयमा विभिन्न समुदायमा लोकप्रियता कमाएको छ। नेपाल फुड्सले उत्पादन गरिरहेको नेपाली बियर हाल युके, पोर्चुगल, जापानलगायत युरोपका विभिन्न देशमा उपलब्ध छ’, उनले भने ।
२०१८ मा बेलायतबाट सुरु गरिएको ब्रान्ड नेपाल फुड्सले यस वर्ष विश्वका शीर्ष खाद्य र पेय उत्पादकहरूको सूचीमा स्थान कायम गरेर चिकन मोमो र नेपाली बियरले १-स्टार ग्रेट टेस्ट अवार्ड जितेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण