केन्द्रीय विभागमा गाभिएका ४ विभागको शुल्क घटाउन माग गर्दै अनेरास्ववियू (क्रान्तिकारी) रिले अनशनमा
सारांश
- अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका चार विभागको शुल्क घटाउन दोस्रो चरणको आन्दोलन सुरु गरेको छ।
- आन्दोलन अन्तर्गत उपमहासचिव र संयोजक रिले अनशनमा बसेका छन्, यसअघि धर्ना दिइएको थियो।
- विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनलाई माग सम्बोधन गर्न र शुल्क शोषण अन्त्य गर्न चेतावनी दिएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क अन्य विभाग सरह घटाउन माग गर्दै अनेरास्ववियू (क्रान्तिकारी) ले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ।
सङ्गठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज निरोज श्रेष्ठ र शुल्क शोषण विरुद्ध विद्यार्थी आन्दोलनका संयोजक मनिश चाैँलागाई आजदेखि रिले अनशनमा बसेका छन् । यसअघि पहिलो चरणमा ७ दिनसम्म धर्ना दिइएको भए पनि माग बेवास्ता गरिएपछि दोस्रो चरणको रिले अनशन सुरु गर्न बाध्य भएको सङ्गठनले जनाएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) का अनुसार शिक्षाध्यक्ष, रेक्टरलाई हिजो मात्रै कार्यकक्षमा प्रवेश गर्न दिइएको थियो, आन्दोलनको माग सम्बोधन हुने अपेक्षामा। तर, विश्वविद्यालय प्रशासनले मागलाई बेवास्ता गरेपछि सङ्घर्ष चर्काउनुपरेको सङ्गठनका नेताहरूले बताएका छन्।
रिले अनशन स्थलमा एकता र समर्थन जनाउन सङ्गठनका केन्द्रीय उपाध्यक्षहरू बिराज थापा, दिपा जैसी, अटल आचार्य, मदन ढकाललगायत नेताहरू ज्ञानलाल तामाङ, अर्जुन पौडेल, सन्तोष चौहान, जितेन्द्र भण्डारी, प्रदिप भण्डारी, किरण सापकोटा, सितेष झा, प्रवीण दाहाललगायत उपस्थित छन्।
अनेरास्ववियु (क्रान्तिकारी)ले TU प्रशासनलाई चाँडै माग सम्बोधन गर्दै विद्यार्थीमाथिको शुल्क शोषण अन्त्य गर्न चेतावनी दिएको छ।
चार विभागहरू यस्ता छन्
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति
द्वन्द्व, शान्ति र विकास अध्ययन
सामाजिक कार्य
लैङ्गिक अध्ययन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण