अनशनरत मेयर तीर्थराज भट्टराईको जीवनरक्षाका लागि मानव अधिकार आयोगद्वारा सरकारलाई आग्रह
सारांश
- खोटाङका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर भएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ।
- मेयर भट्टराई साउन ११ गतेदेखि विभिन्न माग राख्दै काठमाडौंमा अनशनरत छन्, जसको जीवनरक्षाको लागि आयोगले सरकारलाई आग्रह गरेको छ।
- आयोगले अनशन स्थल र अस्पताल पुगेर निरीक्षण गर्दा भट्टराईले थप उपचारका लागि अस्पताल भर्ना हुन मानेका छैनन्।
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ। जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिटी क्रसर नियमन र जंगली जनावर नियन्त्रणजस्ता माग राख्दै साउन ११ गतेदेखि काठमाडौँमा अनशनरत मेयर भट्टराईको जीवनरक्षाका लागि तत्काल पहल गर्न आयोगले नेपाल सरकारसँग आग्रह गरेको हो।
आयोगले अनशन स्थल माइतीघर मण्डला र वीर अस्पताल पुगेर निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा आयोगले भट्टराई स्वयं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, वीर अस्पतालका चिकित्सक र प्रशासनसँग जानकारी लिएको छ।
अनुगमनका क्रममा भट्टराईलाई माइतीघरमा अनशन बस्नुअघि सिंहदरबारतर्फ अगाडि बढ्दा प्रहरीले नियन्त्रणमा लिई माइतीघरमै ल्याएको तथा स्थानीय प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्न आग्रह गरे पनि भट्टराईले अस्वीकार गरेको पाइएको आयोगले विहीबार जनाएको छ।
भट्टराईको स्वास्थ्य अवस्था क्रमशः गम्भीर बन्दै गएको र ब्लडप्रेसर, सुगर तथा मुटुको धड्कन सामान्यभन्दा कम रहेको जानकारी अस्पताल प्रशासनले दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यद्यपि भट्टराईले अझै पनि थप उपचारका लागि भर्ना हुन अस्वीकार गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण