आज चार संसदीय समितिको बैठक बस्दै
सारांश
- आज संघीय संसदका विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ।
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी विधेयकमाथि छलफल हुनेछ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्नेछ।
काठमाडौँ । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयमा छलफल हुनेछ। छलफलमा संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरू, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूको उपस्थिति रहनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमै बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११स्ः०० बजे हुने भएको छ। उक्त बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या, समाधान प्रयास तथा समितिको अपेक्षासम्बन्धी विषयमा छलफल गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण