साम्बालामा जन्मदिन मनाउँदै थिए चक्रे मिलन, त्यहिबेला पुग्यो प्रहरी
शुक्रबार, १६ साउन २०८२, ०७ : ०८
१
सारांश
- गुन्डा नाइके चक्रे मिलनलाई महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ गरिएको छ।
- मिलन आफ्नो जन्मदिन मनाउन साम्बाला पुगेका थिए, जहाँ उनलाई प्रहरीले नियन्त्रणमा लियो।
- प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) गएराति पक्राउ परे । महाराजगन्ज स्थित होटल साम्बालाबाट उनी पक्राउ परेका हुन् । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । त्यति नै बेला जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ गएका हुन् ।
मिलनसहित उनका सहयोगीलाई त्यहाँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ ।
मिलन २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण