शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पाक्वेटामाथि लागेको स्पट फिक्सिङको आरोपबाट सफाइ

शुक्रबार, १६ साउन २०८२, ०७ : ३५
शुक्रबार, १६ साउन २०८२

सारांश

  • वेस्ट ह्यामका मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिइएको छ।
  • एफएले पाक्वेटालाई बुकिङ गरेको आरोप लगाएको थियो, तर स्वतन्त्र आयोगले आरोप अप्रमाणित ठहर गर्यो।
  • पाक्वेटाले वेस्ट ह्यामका लागि ३३ खेल खेल्दै चार गोल गरेका थिए र उनी अगस्ट २०२२ मा वेस्ट ह्याम आएका थिए।

लण्डन । वेस्ट ह्यामका मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिइएको छ। फुटबल एसोसिएसन (एफए) ले करिब दुई वर्षअघि उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

एफएले अगस्ट २०२३ मा पाक्वेटाविरुद्ध अनुसन्धान थालेको थियो र उनलाई गत वर्षको मे महिनामा जानीजानी ‘सट्टेबाजी बजारलाई प्रभावित पार्ने अनुचित उद्देश्यले’ बुकिङ गरेको आरोप लगाइएको थियो। दोषी ठहरिएको भए २७ वर्षीय ब्राजिलियन खेलाडीलाई आजीवन प्रतिबन्धको सम्भावना थियो।  एफएले आरोप लगाएपछि उनले आफू 'अत्यन्तै अचम्मित र दुखी' भएको बताएका थिए।

उनको विरुद्धमा लगाइएका चारवटा आरोपहरू सन् २०२२ नोभेम्बर १२ मा लेस्टर सिटी विरुद्धको प्रिमियर लिग खेल, साथै सन् २०२३ मा एस्टन भिल्ला (मार्च १२), लिड्स युनाइटेड (मे २१), र बर्नमाउथ (अगस्ट १२) विरुद्धका खेलहरूसँग सम्बन्धित थिए। तर, स्वतन्त्र नियामक आयोगले सुनुवाइपछि यी चारै आरोपहरू 'अप्रमाणित' भएको ठहर गरेको छ।

एसी मिलान र लियोनका पूर्व खेलाडी पाक्वेटाले २०२४-२५ सिजनमा वेस्ट ह्यामका लागि प्रिमियर लिगमा ३३ खेल खेल्दै चार गोल गरेका थिए।  पाक्वेटा अगस्ट २०२२ मा लियोनबाट सुरुवाती ३६.५ मिलियन पाउण्डमा वेस्ट ह्याम आएका थिए र उनको पहिलो सिजनमा क्लबलाई युरोपा कन्फरेन्स लिगको उपाधि जिताउन मद्दत गरेका थिए। 

एफएको अनुसन्धान सुरु हुनुअघि अगस्ट २०२३ मा उनी म्यानचेस्टर सिटीमा ८५ मिलियन पाउण्डमा स्थानान्तरण हुने तयारीमा रहेको खबर पनि सार्वजनिक भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप