खुला दिसामुक्त रौतहटको गरुडा बजारमा बनेन सार्वजनिक शौचालय
सारांश
- गरुडा बजारमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण, व्यापारी र यात्रुहरूलाई समस्या भएको छ।
- मेयरले प्रतिबद्धता जनाए पनि ३ वर्ष बित्दा शौचालय बनेको छैन, जसले सरसफाइ र स्वास्थ्यमा चुनौती थपेको छ।
- स्थानीयहरूले जनप्रतिनिधिहरूले जनस्वास्थ्य र सरसफाइमा ध्यान नदिएको आरोप लगाएका छन्।
रौतहट । रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा बजारमा सार्वजनिक शौचालय नहुनु यहाँका सर्वसाधारण, व्यापारी, यात्रु र पर्यटकहरूका लागि ठुलो समस्या बनिरहेको छ।
२०७९ को निर्वाचनपछि कन्थमणि जैसवाल गरुडाको मेयर पदमा निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्षभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनको कार्यकाल ३ वर्ष बित्दा पनि सार्वजनिक शौचालयको व्यवस्था हुन सकेको छैन।
दैनिक सयौँ मानिसको आवतजावत हुने यो क्षेत्रमा शौचालय सुविधा नहुनु सरसफाइ तथा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती हो। गरुडा बजारमा दर्जनको हाराहारीमा बैंक तथा अन्य व्यापारिक प्रतिष्ठानहरू सञ्चालनमा छन्। साथै, हप्तामा दुईपटक, मंगलवार र शनिबार, लाग्ने गरुडा हाट बजारमा रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर लगायत सीमावर्ती भारतीय गाउँ आसपासका जिल्लाबाट हजारौँ मानिसहरू किनमेल तथा व्यापारिक प्रयोजनले आउने गर्दछन्। यद्यपि, यत्रो भिडभाड हुने ठाउँमा एउटा पनि सार्वजनिक शौचालय नहुनु व्यवस्थापकीय असफलता हो भन्ने स्थानीयको गुनासो छ।
स्थानीय समाजसेवी रामभरोस यादवका अनुसार, बजारमा आउने महिला तथा पुरुषहरूले ठुलो सास्ती भोग्नु परेको छ। मानिसहरू स्थानीयको घरमा रहेको निजी शौचालयमा निर्भर हुन बाध्य छन्। सार्वजनिक स्थानमा यस्ता आधारभूत पूर्वाधारको अभावमा यात्रुहरूको गरिमा र स्वास्थ्य दुवैमा आघात पुगिरहेको उनको भनाइ छ।
जनप्रतिनिधिहरूले बर्सेनि करोडौँ बजेट माटो, ग्राभेल, अस्थायी सडक मर्मतजस्ता काममा खर्च गरे पनि नागरिकका प्रत्यक्ष सरोकारका विषयमा चासो नदेखाएको स्थानीयको आरोप छ । स्थानीयहरूले जनप्रतिनिधिहरूको प्राथमिकता जनस्वास्थ्य र सरसफाइभन्दा बढी नाफा हुने काममा केन्द्रित रहेको भन्दै आलोचना गरेका छन्।
तीन वर्षअघि नै रौतहट जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। तर, जिल्लाकै प्रमुख बजारमा सार्वजनिक शौचालय नहुनु सरकारको घोषणाको व्यवहारिकतामाथि प्रश्न उठाउने अवस्था सिर्जना भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण