दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
- गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनामा प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता भएको थियो।
- जिल्ला अदालतले प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो भने उच्च अदालतमा सुनुवाइ जारी छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि 'हेर्दाहेर्दैमा' मा राखेर शुक्रबार पेशी तोकिएको थियो ।
गत जेठ २९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राज्यविरुद्धको कसुरसहित ज्यान मुद्दाको अभियोजनमा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
२०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी,सरकारी गाडी तोडफोड लगायत अवाञ्छित क्रियाकलाप गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको थियो ।
जिल्लाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो विरुद्ध प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण