फष्ट लुक्समा यस्तो देखियो ‘माइतीघर’, दसैँमा रिलिज हुने
सारांश
- रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्म 'माइतीघर' को फस्ट लुक सार्वजनिक गरियो।
- फिल्ममा कलाकार र उज्यालो घरको चित्रण गरिएको छ, जसले माइतीघरको कथालाई संकेत गर्छ।
- यो फिल्म असोज १३ गते फूलपातीको अवसर पारेर रिलिज हुनेछ, जसमा धेरै कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्ट लुक तयार पारेको हो ।
फिल्मको फस्ट लुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ । मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो फिल्म दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।
फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्म ‘माइतीघर’ ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचार प्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण