‘मिरमिरे’ आगामी माघमा प्रदर्शनमा आउने
काठमाडौँ । यम शेर्पाद्वारा निर्देशित चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिन सेलिब्रेटी गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
वितरकसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति माघ १ गते तोकिएको निर्देशक शेर्पाले जानकारी दिए ।अहिले चलचित्रको छायाङ्कन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको सुटिङ अझै केही साता चल्नेछ ।
यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको मुख्य भूमिका छ ।चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय देख्न सकिन्छ ।
‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम स्वयंले लेखेका हुन् । चलचित्रका छायाङ्कार आलोक शुक्ला हुन् । चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।
चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल रहेका छन् । विरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्र कट्टेलसहित रत्न श्रेष्ठले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण