माधवजीसँग पार्टी एकताबारे सकारात्मक छलफल भएको छ, छिट्टै प्रक्रिया अगाडि बढ्छ : प्रचण्ड
सारांश
- प्रचण्डले नेकपा एससँगको पार्टी एकता प्रक्रिया सकारात्मक रहेको बताए ।
- उनले समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र पार्टी एकता गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।
- प्रचण्डले माधव नेपाल र विप्लवसँगको पार्टी एकताको पहल भइरहेको बताए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।
यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘समाजवादी मोर्चालाई थप सक्रिय बनाउने धारणा राख्नुभयो । एकीकृत समाजवादीसँग एकता सकारात्मक भएको जानकारी गराउनु भएको छ । पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुई चरणको छलफल सकारात्मक भएकाले छिट्टै पार्टी एकता गर्ने विषयमा सकारात्मक भएको छ । विप्लवसँग पनि पार्टी एकताका लागि अगाडि विषयमा पहल भइरहेको जानकारी गराउनुभयो’ प्रचण्डको भनाई उदृत गर्दै गजुरेलले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण