अपराध
चक्रे मिलनसहित १९ जनालाई अभद्र व्यवहार कसुरमा ७ दिन म्याद थप
शुक्रबार, १६ साउन २०८२, १७ : ५९
सारांश
- काठमाडौं जिल्ला प्रशासनले गुण्डा नाइके चक्रे मिलन र अन्य १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- महाराजगञ्जको एक होटलमा चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो।
- प्रहरीले पक्राउ परेकामध्ये २८ जनालाई छाडेको र बाँकी १९ जनामाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान गर्ने भएको छ।
काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।
गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण