देशभर डेंगुको प्रकोप बढ्दो
काठमाडौँ । पछिल्लो समय देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा बढको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको जनावरी महिनायता २ हजार ५ सय ८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्तामा मात्रै १३१ नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा १३ जनामा सङ्क्रमण देखिएको छ ।यो वर्षको जुलाई महिनामा मात्र ६९२ जना डेंगु सङ्क्रमित थपिएका छन् । जुन जुन महिनाको ५१५ केसभन्दा बढी हो ।
गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रदेशमा ७ सय ३२ केस पुष्टि भएको छ । बागमती प्रदेश ५ सय ३७ केससहित दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा ४ सय ९ केसहरू देखिएका छन् । देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको छ ।
डेंगु सार्ने लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले घर वरिपरि पानी जम्न नदिन, पानी ट्याङ्की छोपेर राख्न र लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण