तस्बिरमा हेर्नुहोस् काठमाडौँ–तराई/मधेस द्रुतमार्गको काम
सारांश
- राष्ट्रिय गौरवको काठमाडौं-तराई द्रुतमार्ग निर्माणको काम चलिरहेको छ, जुन २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ।
- नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण लगायतका कारणले निर्माणले गति लिन सकेको छैन।
- आव २०८१-८२ को अद्यावधिक विवरण अनुसार, आयोजनाको भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत रहेको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग अर्थात् फास्ट ट्र्याक निर्माणको काम चलिरहेको छ ।
नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको छैन।
_KKsmQIQLVg.jpg)
काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१-८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत रहेको छ ।
_kscVvgscrQ.jpg)
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।
_gmemfvProv.jpg)
आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेस्की रु १ अर्ब ६५ करोड तथा निर्माण व्यवसायीलाई पेस्की दिइएको ८२.३७ करोड र विद्युत् प्राधिकरणको लागि पेस्की दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्ब ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रहेको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_tE2Ux1WuxM.jpg)
_QN4Jkm8bgu.jpg)
_XZE0uzz7KX.jpg)
_RMsoXLGT65.jpg)
_Fc1SrNL3Jw.jpg)
_1c2rzGwzRR.jpg)
_9pHxM6R6zd.jpg)
_UMjDcIZseo.jpg)
_90PKHSKaXz.jpg)
_MQcODVBv21.jpg)
_sTF2IOtSiH.jpg)
_PoUbNaE6Ba.jpg)
_mCKxUM0CTv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण