बागमती सभ्यताको अध्यक्ष पदका लागि ११ जना उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
शनिबार, १७ साउन २०८२, १७ : ४५
सारांश
- सहरी विकास मन्त्रालयले बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष पदका लागि ११ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
- असार २० गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १४ जनाले आवेदन दिएका थिए।
- छनोट भएका उम्मेदवारहरूलाई सहरी विकास मन्त्रालय सम्बद्ध निर्देशिका, २०७६ अनुसार छनोट गरिएको हो।
काठमाडौँ । सहरी विकास मन्त्रालयले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष पदका लागि ११ जना उम्मेदवारको प्रारम्भिक संक्षिप्त सूची सार्वजनिक गरेको छ।
मन्त्रालय अन्तर्गतको सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएका मध्येबाट योग्य उम्मेदवारहरूको नाम प्रकाशन गरेको हो।
मन्त्रालयले गत असार २० गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो, जसमा कुल १४ जनाले आवेदन दिएका थिए। प्राप्त आवेदनहरूमाथि छानबिन गरी समितिले ११ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको जनाएको छ।
‘सहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ११ बमोजिम’ योग्यता पुगेका र रितपूर्वक दरखास्त दिएका उम्मेदवारहरूलाई छनोट गरिएको सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण