स्थायी समिति बैठकमा राम कार्कीको प्रस्ताव– ९/९ महिनामा नेतृत्व फेरौँ
सारांश
- माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्र नेतृत्व परिवर्तन र जनवादको अभ्यासका लागि रोटेसन प्रणालीको प्रस्ताव राखे।
- उपमहासचिव वर्षमान पुनले पार्टीका आन्तरिक विषयहरू बाहिर ल्याएकोमा असन्तुष्टि व्यक्त गरे, र सबैलाई विधि र विधान अनुसार चल्न आग्रह गरे।
- उपमहासचिव मातृका यादवले नेतृत्वको विषयमा पहिले विरोध गरेकोमा आत्मालोचना गरे, र सविच देवेन्द्र पौडेलले प्रचण्डको विकल्प नभएको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पार्टीभित्र नेतृत्व परिवर्तन र जनवादको सशक्त अभ्यासका लागि रोटेसन प्रणाली अवलम्बन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि छलफलका क्रममा शनिवार कार्कीले ९/९ महिनामा नेतृत्व फेर्नेगरी यस्तो प्रस्ताव अघि सारेका हुन्।
उनले पार्टीभित्र जनवाद कमजोर हुँदै गएको र केन्द्रीयता हाबी भएकाले पार्टी निर्माणमा समस्या आएको मत समेत राखेको एक नेताले बताए ।
‘रामजीको पहिलेदेखि नै एउटै धारणा छ । तर नेतृत्वको विषयमा आज फरक प्रस्ताव गर्नुभयो’, ती नेताले भने। बैठकमा कार्कीले राखेको भनाइ उदृद्ध गर्दै ती नेताले भने, ‘अब नयाँ ढङ्गले नेतृत्वको खोजी गर्नुपर्छ । पार्टी रूपान्तरणका लागि ९/९ महिनामा नेतृत्व फेर्ने गरी रोटेसन बनाऔँ । शान्ति प्रक्रियामा आएपछि हामी कहाँ चुक्यौँ ? पार्टी किन निरन्तर ओरालो लागिरहेको छ । पार्टीमा जनवाद कमजोर हुँदै गइरहेको छ । केन्द्रीयता मात्र हाबी छ । निरंकुश शैलीबाट कसरी पार्टी चल्छ ? यसमा समीक्षा गर्नुपर्छ कि पर्दैन ?’,
यस्तै अर्का उपमहासचिव वर्षमान पुनले पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक भएकामा असन्तुष्टि पोखेका थिए । पुनले पार्टीले बनाएको विधि र विधान अनुसार सबै चल्नुपर्ने धारणा राखेको अर्का एक नेताले रातोपाटीलाई बनाए ।
‘पार्टीभित्र आन्तरिक मतभेद हुन्छन् । व्यक्तिगत स्वार्थ वा समूहगत स्वार्थका लागि अन्तर्विरोध बाहिर लैजानु राम्रो हुँदैन । आफ्ना असन्तुष्टि पार्टीभित्रै राख्नुपर्छ । जागरण अभियानबाट पार्टीप्रति जनमत बढ्दै गइरहेको अवस्थामा नेतृत्वलाई कमजोर बाउने हिसाबले बाहिर कुरा राख्दा त्यसले पार्टी बन्दैन । कमजोर बनाउँछ’, पुनले भने ।
उनले पार्टी कमजोर हुनुमा नेतृत्वलाई मात्र दोष देखाएर पानीमाथिको ओभानो बन्न कसैले पनि नहुने धारणा राखे । पार्टी कमजोर हुनुमा सबैले आ–आफ्ना कमीकमजोरी स्विकारेर एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
अर्का उपमहासचिव मातृका यादवले नेतृत्वको करेक्सनको विषयमा आफूले पनि विरोध गरेको भन्दै आजको बैठकमा आत्मालोचना गरेको ती नेताले बताए ।
‘मातृकाजीले नेतृत्वको विषयमा पहिले विरोध गरेकोमा आत्मालोचना गर्नुभयो । पार्टी नीति र नेतृत्व फरक ढङ्गले जानुपर्छ, रूपान्तरण हुनुपर्छ भनेर आलोचना गर्दै आएको हो । पार्टीको आन्तरिक विषय प्रभाकरजीले जसरी बाहिर लैजानु भयो त्यो ठिक भएन । यसमा सबैले समीक्षा गर्नुपर्छ भन्नुभयो’, ती नेताले भने ।
यस्तै सविच देवेन्द्र पौडेलले अहिलेको स्थितिमा प्रचण्डको विकल्प नभएको भन्दै उनकै नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
आजको बैठकमा उपमहासचिव जनार्दनले आफ्नो धारणा राखेनन् । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि २५ जनाले धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा बोल्ने अधिकांशले अन्तर्विरोध बाहिर लगेको असन्तुष्टि जनाएको उपमहासचिव हरिबोल गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण