खानेपानी उपभोक्तालाई १ करोड २९ लाख रुपैयाँ विद्युत् महसुलमा अनुदान
सारांश
- तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिइयो।
- कार्यालयले आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि ०८१/२०८२ वैशाखसम्म एक करोड २९ लाख ६७ हजार रकम वितरण गर्यो।
- उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउन महसुलमा अनुदानको व्यवस्था गरिएको छ।
तनहुँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि ०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनको भनाइ थियो ।
गत वर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले जानकारी गराए ।
यहाँ २५ हजारदेखि ४० हजार रुपैयाँसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजार रुपैयाँसम्म ५०, ६० हजारदेखि ८० हजार रुपैयाँसम्म २५ र ८० हजारदेखि एक लाख रुपैयाँसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।
'उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ,' उनले भने, 'छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण