बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान

शनिबार, १७ साउन २०८२, २० : ०४
शनिबार, १७ साउन २०८२

सारांश

  • रामपुर नगरपालिकाको बेझाड बजारमा सुरक्षा र सौन्दर्यीकरणका लागि 'हाई मास्क लाइट' जडान गरिएको छ।
  • बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप कम गर्न र शान्ति सुरक्षा कायम राख्न लाइट जडान गरिएको हो।
  • यो लाइट १६ मिटर अग्लो र २,४०० वाट क्षमताको रहेको छ, जसको व्यवस्थापन नगरपालिकाले गर्नेछ।

रामपुर । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ । 

बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । 

'बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महशुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ,'उनले जानकारी दिए । 

यहाँ नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायमार्फत रु छ लाख बराबरको लागतमा १६ मिटर उचाइँ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ ।  उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप