मेदवेदेव पश्चिमाविरोधी कट्टरपन्थी रूसी नेता भएको आरोप
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व रुसी राष्ट्रपति मेदभेदेवलाई पश्चिमा विरोधी नेताको आरोप लगाएका छन्।
- मेदभेदेवले युक्रेन युद्धपछि पश्चिमाहरूलाई 'हरामी र पतित' भनेर टिप्पणी गरेका थिए।
- ट्रम्पले मेदभेदेवको भनाइको प्रतिक्रिया स्वरूप दुईवटा आणविक पनडुब्बी तैनाथ गर्न आदेश दिए।
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा आणविक पनडुब्बी सार्न उक्साएका पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवलाई क्रेमलिनका सबैभन्दा प्रमुख पश्चिमा विरोधी नेता बनेको आरोप लाग्न थालेको छ । कुनै समय उनलाई उदारवादी रूसी नेताका रूपमा हेरिन्थ्यो ।
सन् २००८ देखि २०१२ सम्म राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका ५९ वर्षीय मेदवेदेवले आफ्नो एकल कार्यकालमा युरोप र संयुक्त राज्य अमेरिकासँग ‘मैत्रीपूर्ण’ सम्बन्ध राख्न चाहेका देखिन्थ्यो तर राष्ट्रपति भ्लादिमिर पुटिनलाई उक्त पद हस्तान्तरण गरेपछि उनी ओझेलमा परेका थिए ।
सन् २०१२ मा राष्ट्रपतिबाट प्रधानमन्त्री बनाइएका उनलाई सन् २०२० मा रुसको सुरक्षा परिषद्को उपप्रमुख बनाइएको थियो । मस्कोले युक्रेन आक्रमण सुरु गरेलगत्तै मेदभेदेवले सामाजिक सञ्जालमा कट्टरपन्थी विचार राख्न थालेका थिए ।
द्वन्द्व सुरु भएदेखि नै सार्वजनिक वक्तव्यहरूमा उनले पश्चिमाहरूलाई ‘हरामी र पतित’ को रूपमा वर्णन गरेका थिए । उनले युद्ध सुरू भएपछि ‘युक्रेन, निःसन्देह, रूस हो’ भनेका थिए । उनले रूसका शत्रुविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको भनी युरोपलाई आतङ्कित पार्ने काम पनि गरेका थिए ।
गत जुन महिनामा अमेरिकाले मस्को समर्थित इरानको आणविक केन्द्रहरुमा हवाई आक्रमण गरेपछि मेदभेदेवले तेहरानलाई आणविक हतियार उपलब्ध गराउन ‘धेरै देश’ इच्छुक रहेको बताएका थिए ।
मेदभेदेवले बिहीबार टेलिग्रामपोस्टमा मस्कोको सेमी अटोमेटिक ‘डेड ह्यान्ड’ आणविक हतियार नियन्त्रण प्रणालीलाई सङ्केत गर्दै ट्रम्पको आलोचना गरेका थिए ।
मेदभेदेवका आलोचकहरूले उनको पोस्टलाई रुसको भीडभाड भएको कुलीन वृत्तमा राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयासको रूपमा अथ्र्याएका थिए तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
‘रूसी नेताको अत्यधिक उत्तेजक भनाइका कारण मैले दुई आणविक ‘पनडुब्बी’हरूलाई उपयुक्त क्षेत्रमा तैनाथ गर्न आदेश दिएको छु’, ट्रम्पले शुक्रबार भने, ‘यी मूर्खतापूर्ण र भड्काउ भनाइहरू यस कदमका लागि जिम्मेवार छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण