पानी, आँसु र मधेस
पानीसँगै आँसु पनि सुक्यो, अब के सुक्न बाँकी छ र ?
भोकको चिहानमा माटो रोयो, खेतीको भाग्य साँच्चै छ र ?
नहरहरू सुके, सुके इनार, कुवा, धानका बिरुवा मरे छायामा
न देखिन्छ पानी, न छ बादल आकाशमा न सुगन्ध धर्तीकै काखमा ।
पलायन भयो पुर्खाको लाल, सहरमा पसिना बेच्न
बाँझो रह्यो खेत र सपना, कसले आउला फर्केर हेर्न ?
हातमा कोदालो छैन अब, औँलामा छ दु:खको रेखा
साँझ झल्किन्छ घरमा नुन, तर छैन भातको लेखा ।
घाम झन् चर्किन्छ मधेसमा, छाया पनि तातिन्छ
कसरी बचाउँछन् जीवनलाई, जब खोला पनि सुकिन्छ ?
माटोले पनि माग्छ आँसु, तर हावा मात्र बाँकी छ
शरीर टुक्रिएर बाँचे पनि आत्मालाई खडेरीले ढाकेछ ।
नेताले आँखा चिम्लिए, सहायता बन्यो घोषणा
तर थालमा पानी छैन, रित्तिएको छ आशाको पोषण
अब कहिले बर्सन्छ आकाश, छाया र माया तातियो घामले
मधेसको यो पीडामा कहिले बोल्नेछ देशको नामले ?
-बैंतेश्वर-४, दोलखा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण