बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीका मुख्यमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, राजीनामा दिने तयारी

आइतबार, १८ साउन २०८२, १३ : ०३
आइतबार, १८ साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
  • कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाएका छन्।
  • बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने बताइएको छ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन् ।

सोही सन्दर्भमा दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको ती मन्त्रीको भनाइ छ । आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न दल, कर्मचारी लगायतलाई धन्यवाद दिनका लागि मुख्यमन्त्री लामाले बैठक बोलाइएको उनले बताए ।

बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप