सांसद परियारको प्रश्न : संसद भवनको काम साँच्चै ६ महिनामा सकिन्छ ?
सारांश
- सांसद पदमबहादुर परियारले संघीय संसद भवन समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे।
- उनले भवनको डिजाइन अपाङ्गतामैत्री नभएको र पशुपति क्षेत्रको आरती व्यवस्थापनमा कमजोरी औंल्याए।
- परियारले आरतीका कारण दाहसंस्कारमा अवरोध भएको र चोरीका घटना बढेको बताए।
काठमाडौँ । सांसद पदमबहादुर परियारले निर्माणाधीन संघीय संसद भवन तोकिएको समयभित्र सम्पन्न हुनेमा गम्भीर शङ्का व्यक्त गरेका छन्। उनले काम पूरा नहुँदै हतारमा उद्घाटन गर्ने सरकारी प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै संसद भवनको अवस्था पनि त्यस्तै नहोस् भन्दै चिन्ता प्रकट गरेका हुन्।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै सांसद परियारले निर्माण कम्पनीले एक वर्षको म्याद माग गरेकोमा सरकारले ६ महिना मात्र थप गरेकाले कामको गुणस्तर र समय सीमामा प्रश्न उठाए।
‘यहाँहरूले एक वर्ष समय माग्नुभएको थियो तर जम्मा ६ महिना थपिएको छ । के यो ६ महिनामा साँच्चै काम सकिन्छ त ? उनले प्रश्न गरे, हाम्रोमा काम पूरा नहुँदै झ्यापझुप उद्घाटन गरिहाल्ने चलन छ। कतै यो भवन पनि काम नसकिँदै उद्घाटन हुने त होइन ?’
उनले थपिएको समयभित्र काम सम्पन्न हुनेमा व्यवहारिक रूपमा विश्वास गर्न कठिन रहेको बताए। सांसद परियारले निर्माणाधीन संसद भवनको डिजाइन अपाङ्गतामैत्री नभएकोमा पनि आपत्ति जनाए। भवनभित्रका सिट व्यवस्थापनमा बनाइएका ‘स्टेप्स’ सिँढीले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँचमा बाधा पुऱ्याउने उनको भनाइ थियो ।
‘भवनको फोटो हेर्दा त्यहाँ सिँढीहरू देखिन्छन्, जसले कुनै अपाङ्गता भएको माननीय ज्यूलाई आवतजावतमा अवरोध सिर्जना गर्छ,’ उनले भने, ‘यसलाई सबैको लागि पहुँचयोग्य बनाउन के प्रयास भइरहेको छ ? यो विषयमा स्पष्टता आवश्यक छ।’
साथै परियारले पशुपति क्षेत्रमा हुने सन्ध्याकालीन आरतीको व्यवस्थापनमा गम्भीर कमजोरी रहेको समेत औँल्याए। उनले आफूले भोगेको एक घटना सुनाउँदै भने- ‘एक जना अगुवा नेताको आफन्तको अन्तिम संस्कारका लागि हामी घाटमा थियौँ। त्यहीबेला पारिपट्टि आरतीमा मानिसहरू नाचगान गरिरहेका थिए। यता रुवाबासी, उता उत्सव। यो कति पनि मिलेको छैन ।
उनले आरतीका कारण दाहसंस्कारको काम करिब ४५ मिनेटसम्म रोक्नुपरेको र यस्तो अवस्थाले मानवीय संवेदना र संस्कारमाथि नै प्रहार गरेको बताए। उनले आरती हुने स्थानमा बढ्दो भीडले चोरीका घटना बढेको र व्यवस्थापन फितलो भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण