बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक

सांसद शाहको प्रश्न : सिंहदरबारभित्रको आयोजनाको हालत यस्तो छ, बाहिरकाे के होला ?

आइतबार, १८ साउन २०८२, १३ : ४३
आइतबार, १८ साउन २०८२

सारांश

  • सांसद मदनकुमारी शाहले सिंहदरबारभित्र निर्माणाधीन संसद भवन समयमा सम्पन्न नहुनुलाई विकास आयोजनाको दुर्दशा भनिन्।
  • उनले संसद भवन निर्माणको म्याद थपबारे गलत तथ्याङ्क प्रस्तुत गरिएको भन्दै आपत्ति जनाइन्।
  • सांसद शाहले दुई संसदीय समितिले फलोअप गर्दा पनि भवन निर्माणले गति नलिएकोमा आक्रोश व्यक्त गरिन्।

काठमाडौँ । सांसद मदनकुमारी शाह गरिमाले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै निर्माणाधीन सङ्घीय संसद भवन समयमा सम्पन्न हुन नसक्नुले समग्र विकास आयोजनाको दुर्दशालाई उजागर गरेको बताएकी छन् । उनले समितिमा गलत तथ्याङ्क प्रस्तुत गरिएको भन्दै सरकारी अधिकारीहरूको कार्यशैलीप्रति पनि गम्भीर आपत्ति जनाएकी छन् ।

आइतबार सङ्घीय संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै सांसद गरिमाले संसद भवन निर्माणको म्याद थपसम्बन्धी विषयमा सहरी विकास तथा भवन निर्माण विभागले दिएको जानकारी गलत भएको दाबी गरिन् ।

‘विभागले समितिको निर्णयअनुसार २०८२–९–१६ सम्म म्याद थप गरिएको भनेको यो सरासर गलत हो,’ उनले भनिन्, ‘म आफैँ त्यो समितिको सदस्य हुँ । हामीले एक अधिवेशनभित्र काम सक्ने गरी छोटो समय थप्ने कुरा गरेका थियौँ, यति लामो समय होइन । तर एक वर्षको म्याद अध्यादेशमार्फत स्वतः थपिएको  हो ।  समितिमा आएर गलत रिपोर्टिङ प्रस्तुत नगर्नुहोला ।’

उनले दुई–दुई वटा संसदीय समितिले निरन्तर निर्देशन र फलोअप गर्दा पनि संसद भवन निर्माणले गति लिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘यो त देशको अनुहार हो। सिंहदरबारभित्रको आयोजनाको हालत यस्तो छ भने बाहिरका गौरवका आयोजनाको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ,’ उनले भनिन्, ‘सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धता माथि प्रश्न उठेको छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप