पत्रकारलाई बहादुरसिंह लामाले भने– सरकार परिवर्तनको आधार र कारण खोजिदिनुस्
सारांश
- बहादुर सिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् र सरकार परिवर्तनको कारण खोज्न आग्रह गरेका छन्।
- उनले नेपाली कांग्रेस र एमालेको समर्थनमा बनेको सरकारको नेतृत्व गरेका थिए, तर दलभित्रको प्रतिस्पर्धाले राजीनामा दिनुपर्यो।
- लामाले मन्त्रीपरिषद् विस्तारमा अवरोध भएको र बागमती प्रदेशमा अस्थिरता ल्याउन खोजिएको आरोप लगाए।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेका बहादुर सिंह लामाले सरकार परिवर्तनको आधार र कारण खोजिदिन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
उनले आइतबार पत्रकार सम्मेलन मार्फत राजीनामा घोषणा गरेर नागरिक समाज र पत्रकारहरूले सरकार परिवर्तनको कारण खोजिदिन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बनेको दुई दलीय गठबन्धनको सरकारको नेतृत्व गर्दै आएका लामाले संविधानको धारा १६८(२) बमोजिम पद सम्हालेका थिए ।
तर, दलभित्रको आन्तरिक प्रतिस्पर्धा र पछिल्लो राजनीतिक परिस्थितिका कारण उनले पदत्याग गर्ने निर्णय गरेको उनले बताए ।
उनले आफूमाथि मन्त्रीपरिषद् विस्तारसमेत अवरुद्ध बनाउने प्रयास भएको गुनासो गरे । उनले बागमती प्रदेश सरकार परिवर्तनप्रति गम्भीर प्रश्न उठाएका छन् । उनका अनुसार, अन्य प्रदेश सरकारहरू यथावत् रहेका बेला बागमतीमा मात्र अस्थिरता ल्याउने चेष्टाले लोकतान्त्रिक स्थायित्वमै खतरा उत्पन्न गरेको र सोको जवाफ पत्रकारहरूले खोजिदिन आग्रह गरे ।
पत्रकार सम्मेलनमार्फत लामाले आफ्नो कार्यकाल इमानदारिता, पारदर्शिता र सच्चाइका साथ अघि बढेको समेत उनले दाबी गरे । लामाले सोमबारमात्रै प्रदेश प्रमुख दीपक देवकाटा समक्ष राजीनामा बुझाउने भएका छन् । देवकोटा आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण