नेपालको होरा इ स्पोर्ट्स पब्जी मोबाईल विश्वकपको नवौँ स्थानमा
डेढ करोडभन्दा बढी पुरस्कार
आइतबार, १८ साउन २०८२, २३ : १२
सारांश
- साउदी अरेबियामा भएको पब्जी मोबाइल विश्वकपमा नेपाली टोली होरा इस्पोर्ट्सले नवौँ स्थान हासिल गर्यो र डेढ करोडभन्दा बढी पुरस्कार जित्यो।
- फाइनलको अन्तिम खेलमा चिकन डिनर जितेको होराले १८ खेलमा १०० अङ्क जोड्यो, जसले नवौँ स्थान दिलायो।
- होराले विभिन्न चरणको पुरस्कारसहित १ लाख २७ हजार ५०० अमेरिकी डलर (झन्डै १ करोड ७८ लाख ९७ हजार रुपैयाँ) जित्यो।
काठमाडौँ । नेपालको होरा इ स्पोर्ट्सले पब्जी मोबालइल विश्वकपको नवौँ स्थान हासिल गरेको छ । नेपाली पब्जी टिम होरा इ स्पोर्ट्स साउदी अरेबियामा जारी प्रतियोगितामा नवौँ स्थान हासिल गर्न सफल भएको छ ।
अन्तिम दिनको खेलमा चिकन डिनर जितेको होराले समग्रमा समग्रमा १८ खेलमा १०० अङ्कसहित नवौँ स्थानमा आफूलाई स्थापित गरेको हो ।
यो जितसँगै होराले स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौँ स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ ।
यो रकम १ करोड ७९ लाख रुपैयाँ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण