खेलकुदमन्त्रीको सहयोगमा रातारात विधान परिवर्तन गरेर कर्णालीका अर्थमन्त्री एथलेटिक्स सङ्घको अध्यक्ष
सारांश
- युवा तथा खेलकुद मन्त्रीको सहयोगमा कर्णालीका आर्थिक मामिला मन्त्री एथलेटिक्स सङ्घको अध्यक्षमा निर्वाचित भए।
- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको दबाबमा विधान संशोधन गरी सङ्घ गठन गरियो, जसमा एमाले निकट सदस्यहरू थिए।
- राखेपले निर्वाचन रोक्न पत्र पठाएपछि, भोलिपल्टै नयाँ निर्णय गर्दै निर्वाचन सम्पन्न भयो, जसमा एमालेका व्यक्तिहरूको बाहुल्यता थियो।
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सहयोगमा रातारात विधान संशोधन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाहलाई नेपाल एथलेटिक्स सङ्घको अध्यक्ष बनाइएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहितको सक्रियतामा विधान संशोधन गरेर नेपाली काँग्रेस र नेकपा एमाले निकट सदस्यहरू राख्दै नयाँ सङ्घ गठन गरिएको हो।
‘एथलेटिक्स सङ्घको निर्वाचन गर्न नमिल्ने’ भन्दै राखेपले पत्र काटेको समाचार रातोपाटीमा प्रकाशित भएको भोलिपल्ट नै निर्णय परिवर्तन गर्दै निर्वाचन गरिएको हो।
निर्वाचनपछि गठन भएको नयाँ कार्यसमितिमा अध्यक्ष राजिव शाहसहित पाँच जना उपाध्यक्ष तथा सदस्यहरू पनि एमाले र नेपाली काँग्रेस निकट रहेका छन्।
एमाले निकट उपाध्यक्ष आचार्यले नेकपा एमालेको खेलकुद समन्वय संयन्त्र समेट्दै सङ्गठन निर्माणमा सहमति जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण