'तपाईंलेजस्तो प्रचण्डको गुलामी गरेको भए विप्लव दर्जनपटक मन्त्री बन्न सक्थे'
सारांश
- नेकपा नेता सुदर्शन सीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको कडा आलोचना गरे।
- सुदर्शनले पासाङलाई विप्लव र जनार्दन शर्मालाई एउटै डालोमा राखेकोमा गल्ती औंल्याए।
- उनले पासाङले प्रचण्डको गुलामी गरेको र उपराष्ट्रपति पद पाएको आरोप लगाए।
- सुदर्शनले पासाङले गाउँमा बाटो बनाउन नसकेको तर काठमाडौंमा महल बनाएको आरोप लगाए।
काठमाडौँ । नेकपाका नेता सुदर्शन सीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'को कडा आलोचना गरेका छन् । माओवादी स्थायी समिति बैठकमा बोल्ने क्रममा आइतबार उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’को आलोचना गरेपछि सुदर्शनले पासाङको कडा आलोचना गरेका हुन् ।
पासाङ अभिव्यक्तिको विरोध गर्दै उनले भने, 'तपाईंले विप्लव र जनार्दन शर्मालाई एउटै डालोमा हेर्नु भएकोमा नै ठूलो भूल गर्नु भएको छ।'
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, 'तपाईंले सधैं प्रचण्डको गुलामी गरेर उपराष्ट्रपति पाउनु भयो। अहिले तपाईंको प्रचण्डप्रतिको निष्ठा अब अर्को पटक राष्ट्रपति भइला भन्ने आशामा देखिन्छ।'
उनले पासाङ उपराष्ट्रपति भएर आफ्नै गाउँमा एउटा बाटो बनाउन नसकेको टिप्पणी गरेका छन् । तर काठमाडौंको दहचोकमा दशौं करोड बराबरको भव्य महल बनाएको उनको आरोप छ ।
उनले भनेका छन्, 'विप्लव कमरेडले तपाईंलेजस्तो प्रचण्डको गुलामी गरेको भए दर्जनपटक मन्त्री बन्न सक्थे, काठमाडौंमा महल जोड्न सक्थे। तर उहाँले आदर्श र सिद्धान्तमा सम्झौता गर्नुभएन।'
पार्टीभित्रको गुटीय विवादका बीच विप्लवमाथि पासाङले लगाएको आरोपलाई उनले 'घटिया विश्लेषण' भन्दै खारेजयोग्य रहेको बताएका छन् । उनले भनेका छन्, 'विप्लव कमरेडले जनयुद्धको आदर्श बिर्सेर संसदीय फोहरी राजनीतिमा फस्ने काम गर्नु भएको छैन। त्यसैले यस्तो इमानदार र क्रान्तिकारी नेतामाथि लगाइएका आरोप अस्वीकार्य छन्।'
पासाङले आइतबारको बैठकमा पासाङले उपमहासचिव जनार्दन शर्माप्रति टिप्पणी गर्दै 'जनयुद्ध'को समयको प्रभाकर अहिले नदेखिएको बताएका थिए । यस्तै उनले माओवादीमा पहिलेदेखि नै अतिवादी प्रवृत्ति समस्याको रूपमा रहेको बताउँदै भनेका थिए, ‘हिजो त्यो प्रवृत्ति विप्लवमा थियो । अहिले हाम्रो पार्टीमा पनि देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण