फिल्म ‘मोहर’ सेन्सर पास
सारांश
- फिल्म 'मोहर' लाई चलचित्र सेन्सर बोर्डले 'पीजी सर्टिफिकेट' दिएको छ।
- यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हल जानुपर्नेछ।
- निर्माता चुम्बनजंग शाहीका अनुसार सेन्सरले फिल्मलाई कुनै पनि दृश्य नकटिकन पास गरेको छ।
काठमाडौँ । आगामी शुक्रबार अर्थात् साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ । आइतबार भएको फिल्मको सेन्सरमा चलचित्र सेन्सर बोर्डले फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।
फिल्मलाई सेन्सरले कुनै पनि दृश्य काट बिना ‘पीजी सर्टिफिकेट’ दिएको निर्माता चुम्बनजंग शाहीले बताए । ‘फिल्मको विषयवस्तु र निर्माणलाई लिएर सेन्सरबाट पनि तारिफ भएको छ’, शाहीले भने, ‘सेन्सरको प्रतिक्रियाले हामी सार्वजनिक प्रदर्शनका लागि उत्साहित छौँ ।’
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्म ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको प्रचार प्रसारमा नायक पल शाह र गायक थानेश्वर गौतम उहिले उपत्यका बाहिर छन् । उनीहरू विभिन्न ठाउँमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको निर्माता शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण