पिउने पानीको जारमा फिक्ल कोलिफर्म देखियो, नियमित निगरानी गर्नुपर्यो : सांसद गौतम
सारांश
- सांसद प्रतिमा गौतमले ललितपुरमा फिक्ल कोलिफर्मको मात्रा बढी भएको जार पानीबारे चिन्ता व्यक्त गरिन्।
- उनले स्वास्थ्य जोखिम कम गर्न नियमित निगरानी र मापदण्ड कार्यान्वयनको माग गरिन्।
- गौतमले पानी परीक्षण अनिवार्य गर्न र दोषी उद्योगलाई कारबाही गर्नुपर्ने बताइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले ललितपुरमा पिउने जार पानीमा हालै गरिएको पानी परीक्षण अनुसार फिक्ल कोलिफर्म नामक सूक्ष्म जीवाणुको उच्च मात्रा पाइएको भन्दै नियमित निगरानी र कडाइका साथ मापदण्ड कार्यान्वयन गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद गौतमले मानव वा जनावरको मलद्वार प्रदूषण भएको पानीमा पाइने फिक्ल कोलिफर्मले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
फिक्ल कोलिफर्म बढी मात्रामा भएको पानी खाँदा झाडा–पखाला, टाइफाइड, हेपाटाइटिसलगायतका रोगहरू लाग्छन् ।
विश्व स्वास्थ्य सङ्गठनले तथा नेपालको खानेपानी गुणस्तर मापदण्ड अनुसार, पिउने पानीमा फिक्ल कोलिफर्मको मात्रा प्रति १०० मिली हुनु अनिवार्य भए पनि ललितपुरका केही जार पानीमा यो मात्रा १०० भन्दामाथि पाइनु चिन्ताजनक भएको उनको भनाइ थियो ।
गौतमले जार पानी उत्पादन गर्ने उद्योगहरूको इजाजत पत्र नवीकरण प्रक्रियामा पानी परीक्षण अनिवार्य गर्न पनि माग गरिन् । नागरिकको स्वास्थ्य सुरक्षाका लागि जनचेतना अभिवृद्धि र दोषी उद्योगहरूलाई कारबाही गरिनु अत्यावश्यक रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण