सङ्घीय निजामती सेवा विधेयक
‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन सदनमा पेस नहुने, सभामुखलाई बुझाइने
सोमबार, १९ साउन २०८२, १४ : ५६
सारांश
- सङ्घीय निजामती सेवा विधेयकको त्रुटि छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा पेस नहुने भएको छ।
- सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाइने र मंगलबार मात्रै सदनको कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।
- कुलिङ पिरियडको प्रावधान राख्ने सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा छानबिन भएको थियो।
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभा पेस नहुने भएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेस नहुने भएको हो । उक्त प्रतिवेदन आज नै सभामुख देवराज घिमिरेलाई बुझाइने भएको छ ।
समिति सदस्य सुशीला थिङले सोमबार सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइने बताइन् । तर, सदनको कार्यसूचीमा भने मंगलबार मात्रै पर्ने सम्भावना रहेको थिङले रातोपाटीलाई जानकारी दिइन् ।
‘आजको बैठकमा प्रतिवेदन पेस हुँदैन । सभामुखलाई प्रतिवेदन बुझाउने तयारी छ,’ थिङले भनिन् । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण