'सैयारा'को विश्वभरको कलेक्सन ४०० करोड
नयाँ दिल्ली । अहान पाण्डे र अनित पड्डाको फिल्म ‘सैयारा’ ३०० करोड क्लबमा प्रवेश गरेको छ ।
फिल्मले रिलिज भएको १८ औं दिन अर्थात् अगष्ट ४ मा यो उपलब्धि हासिल गरेको हो । विदेशमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । विश्वभर फिल्मको कलेक्सन ४०० करोड पुगेको छ । यसले भारतीय बक्स अफिसमा मात्र ३०० करोड फिल्मको सूचीमा आफ्नो नाम दर्ता गरायसकेको छ ।
आइतबार १७ औं दिनमा फिल्मले आठ करोड रुपैयाँको व्यापार गरेको थियो । सोमबारको प्रारम्भिक तथ्याङ्कमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ । स्याकनिल्कको रिपोर्टअनुसार फिल्मको भारतको नेट कलेक्सन ३००. ११ करोड रुपैयाँ पुगेको छ ।
नयाँ स्टारहरू समावेश भएर ३०० करोड क्लबमा छिर्ने यो पहिलो भारतीय फिल्म बनेको छ र यसराज फिल्म्सको ब्यानरमा बनेको भने पाँचौँ फिल्म हो । सबैभन्दा छिटो दरमा ३०० करोड कमाउने रेकर्डमा ‘सैयारा’ले ऋतिक रोशनको 'वार' र 'सलमान खानको 'बजरंगी भाइजान' र 'सुल्तान'जस्ता फिल्महरूलाई पछाडि पारेको छ । वारलाई यति कमाउन १९ दिन लागेको थियो । यो क्लबमा 'बजरंगी भाइजान' २० दिन र 'सुल्तान' ३५ दिनमा छिरेको थियो ।
डेब्यू फिल्ममै अहान–अनीतको अद्भभूत प्रदर्शन
सैयाराले बक्स अफिसमा निकै राम्रो सुरुवात गरेको थियो । फिल्मले पहिलो दिनमा २१.५ करोड भारु कमाएको थियो । यो फिल्म ५०–६० करोड भारुको बजेटमा बनेको हो । यो अनित पड्डा र अहान पाण्डेको डेब्यू फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण