५ हजार ३ सय जनाका लागि कोरियामा रोजगारी खुल्यो (सूचनासहित)
सोमबार, १९ साउन २०८२, १६ : १३
काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । सोमबार ईपीएस कोरिया शाखा ख्वार्कोले एक सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला भएको जानकारी गराएको हो ।
नेपाली नागरिकलाई श्रमिकका रूपमा कोरिया पठाउने प्रयोजनका लागि निकट भविष्यमै भाषा परीक्षा सञ्चालन गर्न एचआरडी सर्भिस अफ कोरियाले परीक्षा तालिका पठाएको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ १८०० गरी कुल ५३०० जना नेपाली कामदार छनोट गर्ने छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका उम्मेदवारले साउन २६ देखि ३१ गतेभित्र आवेदन दिन सक्नेछन् । परीक्षाबारेको विस्तृत जानकारी अर्को सूचनामार्फत गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण