काहुँ डाँडामा पर्यटक बोलाउन रोपियो लालीगुराँस
पाेखरा । पोखराको पर्यटकीय गन्तव्य काहुँ डाँडामा लालीगुराँस रोपिएको छ ।
‘गुराँस फुलाउँ, पर्यटक बोलाउँः हाम्रो अभियान, आगन्तुकको प्रोत्साहन’ भन्ने नारा सहित पर्यटक आकर्षित गर्न लालीगुराँस रोपिएको हो ।
काहुँ डाँडाको धरहरा परिसरमा ५५ वटा लालीगुराँसका बिरुवा रोपिएको वैदेशिक रोजगार शाखा संरक्षण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए । सोही सङ्घ सहितका संस्थाहरूको सहकार्यमा लालीगुराँस रोपिएको हो ।
वडा नम्बर ११ का सदस्य विष्णु घिमिरेले लालीगुराँस पछिल्लो समय काहुँडाँडाको पहिचान बन्दै गएको बताए । पोखराबाट नजिकको दुरीमा लालीगुराँस हेर्न काहुँडाँडा प्रमुख गन्तव्य हो । ‘पोखरा भ्यालीबाट लालीगुराँस हेर्न मन लाग्नेलाई नजिक भनेकै काहुँडाँडा हो,’ उनले भने, ‘अहिले थोरै मात्रै गुराँस छ । बर्सेनि रोप्दै गएपछि सङ्ख्या बढ्छ र पर्यटक पनि थपिन्छन् ।’
धारापानी सामुदायिक वन उपभोक्ता समितिको रोहबरमा गुराँसका बेर्ना रोपिएको आयोजकले जनाएको छ । ‘आज रोपिएका यी बिरुवा भोलि फुलेर काहुँ डाँडाको सौन्दर्य बढाउँदा यहाँ आउने पर्यटकको सङ्ख्यामा पक्कै वृद्धि हुनेछ । यो सहकार्यको एक उत्कृष्ट नमुना हो,’ सङ्घका अध्यक्ष श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण