एसियन बक्सिङ च्याम्पियनसिप : नेपालको कम्तीमा कांस्य पदक सुनिश्चित
सारांश
- थाइल्याण्डमा जारी एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले पदक पक्का गरेको छ।
- अल्पिल राना सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा कांस्य पदक जित्न सफल भए।
- अल्पिलले सेमिफाइनलमा जापानका सोदाई कोटोसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । थाइल्यान्डको बैंककमा जारी एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले पदक पक्का गरेको छ। पुरुष यु–२२ उमेर समूहको ५० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका नेपाली मुक्केबाज अर्पिल राना सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा कांस्य पदक पक्का गरेका हुन्।
नेपाल बक्सिङ महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वयकर्ता श्यामकाजी अवालका अनुसार, अर्पिलले सेमिफाइनलमा पुगेसँगै नेपालका लागि पदक सुनिश्चित भएको हो।
सेमिफाइनल प्रवेशका लागि अर्पिलले भुटानका मुक्केबाज किन्ले फुन्चोलाई ४–१ को स्प्लिट निर्णयमा पराजित गरेका थिए। त्यसअघि, अर्पिलले साउदी अरबका इब्राहीमलाई एकतर्फी ५–० को नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए।
अब अर्पिलले अगस्ट ६ मा हुने सेमिफाइनल खेलमा जापानका सोदाई कोटोसँग प्रतिस्पर्धा गर्नेछन्। जापानी मुक्केबाज कोटोले आफ्नो क्वार्टरफाइनल खेलमा फिलिपिन्सका मुक्केबाजलाई ५–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण