अदालतकाे आदेशपछि दुर्गा प्रसाईं
देश निर्माणको भावी योजनाका साथ घर फर्किँदै छु : दुर्गा प्रसाईं
सोमबार, १९ साउन २०८२, २१ : १५
१
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश निर्माणको भावी योजनाका साथ घर फर्किने तयारीमा रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रसाईंले यस्तो बताएका हुन् ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो ।
उनले न्याय मरेको छैन भन्ने आभाष दिलाउने न्यायाशीधहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । आदेश बमोजिम प्रसाईं धरौटी रकम तिरेर रिहा हुने प्रक्रियामा छन् । उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण