घोप्टेभिरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध
सोमबार, १९ साउन २०८२, २२ : ०८
सारांश
- चितवनको घोप्टेभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
- इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा पहिरो खसेको हो।
- राजमार्ग खुलाउन प्रहरी र ट्राफिक व्यवस्थापनको टोली खटिएका छन्।
काठमाडौँ । चितवनको घोप्टेभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सोमबार साँझ ६ बजेर ५० मिनेटमा पहिरो खसेको हो । पहिरो पन्छाउन घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंह नेतृत्वको टिम खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण