रास्वपाकी कुसुम महर्जनले रुपन्देही–३ बाट उम्मेदवारी दिन लागेकी हुन् ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी कुसुम महर्जनले समानुपातिक सांसदको सूचीबाट नाम हटाउन आवेदन दिएकी छिन्।
- सचिवालय बैठकमा नाम हटाउने एजेन्डा राखिएको छ र महामन्त्रीले आवेदन स्वीकार गरेका छन्।
- महर्जनले रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवारी दिने चर्चा भए पनि बुर्लाकोटीले स्पष्ट पारेका छैनन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सूचीमा रहेकी कुसुम महर्जनले नाम हटाउनका लागि आवेदन दिएकी छिन् । २०७९ सालमा भएको निर्वाचनमा महर्जन जनजाति क्लष्टरबाट समानुपातिक सांसदको सूचीमा नाम रहेको छ ।
रास्वपाको दिउँसो बस्ने सचिवालय बैठकमा समानुपातिक निर्वाचन सुचीबाट नाम हटाउने सम्बन्धी एजेन्डा राखेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले समानुपातिक सांसदको सूचीबाट नाम हटाउन आवेदन आएको स्वीकार गरे ।
‘कुशुमजीले समानुपातिक सांसदको सूचीबाट नाम हटाइदिन आवेदन दिनुभएको छ । कुन प्रयोजनको लागि नाम हटाउन आवेदन दिएकी हुन् खुलाएकी छैनन्’, रातोपाटीसँग उनले भने ।
महर्जनले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिन लागिएको हो भन्ने प्रश्नमा बुर्लाकोटीले अस्वीकार गरेनन् । विभिन्न प्रयोजनका लागि नाम फिर्ता लिन सक्ने व्यवस्था भएको उनले जिकिर गरे ।
‘उहाँले निर्वाचनमा उम्मेदवार बन्नकै लागि हो वा अन्य प्रयोजनका लागि हो खुलेको छैन । राजनीतिक नियुक्ति भएको, सरकारी जागिरमा नाम निस्किएको, प्रतिनिधि भएर गएको अवस्थामा नाम फिर्ता लिइन्छ । कुशुमजीको हकमा उम्मेदवार बन्नै नपाउने भन्ने छैन । उम्मेदवार बन्न चाहनुभयो भने बन्न सक्नुहुन्छ’, बुर्लाकोटीले भने ।
यद्यपि आजको बैठकले उम्मेदवारको कुनै टुङ्गो नलाग्ने उनले बताए । रास्वपाले उम्मेदवारी बन्नका लागि आवेदन खुला गरिसकेको छ । महर्जन काठमाडौँ निवासी भएपनि रुपन्देहीमा पनि सम्बन्ध रहेको बुर्लाकोटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण