‘कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठुला दलका शीर्ष नेताहरूले हस्तक्षेप गरे’
मङ्गलबार, २० साउन २०८२, १४ : २०
सारांश
- एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले छानबिन समितिमाथि हस्तक्षेप भएकोमा आपत्ति जनाए।
- उनले ठुला दलका नेता र उच्च पदस्थ कर्मचारीबाट छानबिनमा हस्तक्षेप भएको बताए।
- सांसद कुँवरले छानबिन समितिको प्रतिवेदन ढिला हुनुमा असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठुला दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्नु गलत रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले ठुला दलका ठुला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानबिन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उनले बताएका हुन् ।
सांसद कुँवरले भने, ‘असार २३ मा बनेको संसदीय छानबिन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदै छ, छानबिन समितिमा पनि ठुला दलका ठुला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शीर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदि यो हो भने खेदजनक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण