नाउपा विवाद : निर्वाचन आयोगको निर्णय कुर्दै रञ्जिता श्रेष्ठ
सारांश
- नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ।
- रञ्जिता श्रेष्ठले भने लालवीर चौधरीलाई नयाँ अध्यक्षको रुपमा अस्वीकार गरेकी छिन्, र आफू नै पार्टी अध्यक्ष रहेको दाबी गरेकी छन्।
- पार्टीमा देखिएको विवादबारे निर्वाचन आयोगले कस्तो निर्णय गर्छ, श्रेष्ठ त्यसको प्रतिक्षामा छिन् र सोही अनुसार अघि बढ्ने बताइन्छ।
काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई हटाएर नयाँ अध्यक्ष चयन गरेको विषय निर्वाचन आयोगलाई जानकारी गराएको छ । तर, रञ्जिता श्रेष्ठले लालवीर चौधरीलाई नयाँ अध्यक्षका रुपमा अस्वीकार गरेकी छन् ।
राष्ट्रिय भेलाबाट नयाँ अध्यक्ष चयन भएपनि उक्त भेला नै अवैध रहेको चौधरीको दाबी छ । त्यसबाट चयन भएको अध्यक्ष वैधानिक हुनै नसक्ने भएकाले श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष आफू नै रहेको बताउँदै आएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टीले नयाँ अध्यक्ष चयन गरेको विषय निर्वाचन आयोगलाई गत साउन १८ गते नै जानकारी गराइसकेको छ । सो पार्टीका नेता रामलाल डगौराले भने, ‘हामीले आफ्नो काम गरेर निर्वाचन आयोगलाई जानकारी गराइ सकेका छौं, निर्वाचन आयोगले त्यसलाई अध्ययन गर्दैछ होला ।’
रेशम पक्षले राष्ट्रिय भेलाले गरेको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएसँगै श्रेष्ठ पनि त्यसको प्रतिक्षामा रहेको बताइएको छ । रञ्जिता पक्षीय एक नेताले भने, ‘एउटा गुटले अध्यक्ष चयन गरिसकेपछि त्यसमा रञ्जितालेजीले आफ्नो प्रतिक्रिया देइसक्नु भएको छ, यो कुरा निर्वाचन आयोगमा गएपछि त्यसको निर्णय कुर्ने बाहेक अरु विकल्प छैन ।’
श्रेष्ठ निर्वाचन आयोगको निर्णयलाई कुरिरहेको बताउँदै उनले त्यहाँबाट कस्तो निर्णय आउँछ त्यही आधारमा श्रेष्ठ अगाडि बढ्ने बताए ।
विगतमा पनि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन त्यसबारेको मुद्दा आयोग तथा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्को विवाद पुनः आयोगमा पुगेको हो ।
श्रेष्ठ पोखराको लिचीबारी काण्डमा मुछिएपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । यसरी पार्टीकै अध्यक्ष मुछिएपछि पार्टीमा यसको जानकारी हुनुपर्ने भनि केन्द्रीय समिति बैठकको माग गरिएको थियो । तर रञ्जिताले बैठक नबोलाई पोखराका शिव बास्तोलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । त्यसपछि रेशम चौधरी पक्षधर बहुमत नेताहरुले केन्द्रीय समितिको बैठक बोलाएर राष्ट्रिय भेला गर्ने निर्णय गरे ।
राष्ट्रिय भेलाबाट रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाइयो भने अध्यक्षमा लालवीर चौधरीलाई चयन गरियो । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । पछि उनी नागरिक उन्मुक्ति पार्टीमा नै आवद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण