सुनसरीको रामधुनी मन्दिर जोड्ने खोलामा पुल निर्माण गर्न सांसद आचार्यको माग
सारांश
- नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन माग गरेका छन्।
- सांसद आचार्यले दशगिजा खोला र पिचराह खोलामा पुल निर्माण गर्न माग गर्दै डीपीआर तयार भइसकेकोले तुरुन्तै ठेक्का लगाउन आग्रह गरे।
- उनले तित्लीवनबाट शीतपुर हुँदै वडा कार्यालय जाने बाटोमा पर्ने दशगीजा खोलामा निर्माणाधीन पुल अलपत्र परेको र यथाशीघ्र ठेक्का लगाउन माग गरे।
काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आचार्यले रामधुनी नगरपालिका –२ भुमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोलामा पुल निर्माण गर्न माग गरेका हुन् ।
उक्त खोलामा पुल निर्माणको लागी डीपीआर तयार भइसकेकोले तुरुन्तै ठेक्का लगाई काम अगाडी बढाउन उनले आग्रह गरे । मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि तत्काल काम अगाडी बढाउन उनले माग गरे ।
उनले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ शीतपुर हुँदै वडा नम्बर ८ वडा कार्यालय जाने बाटोमा पर्ने दशगीजा खोलामा पनि पुल निर्माण कार्य अलपत्र परेको बताए । पुल निर्माणको लागी ठेक्का लागेर ठेकेदारले केही काम गरे पनि बिचमा अलपत्र पारेर छाडेको थियो । उहाँकाअनुसार ठेकेदारले काम नगरेपछि पुल निर्माणको ठेक्का रद्द गरिएको छ । सो पुल निर्माणको लागी यथाशीघ्र ठेक्का लगाउन उनले सरकारसँग माग गरे
मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण