कांग्रेस नेता शाहीले नेपाली नागरिकका समस्याबारे कोरियाली सांसदलाई ध्यानाकर्षण गराए
सारांश
- युवा नेता भूपेन्द्रजङ्ग शाहीले दक्षिण कोरियाका सांसदलाई नेपाली नागरिकका समस्याबारे ध्यानाकर्षण गराए।
- भेटमा भिसा प्रक्रियाका कठिनाइ र समाधानका लागि पहल गर्ने विषयमा छलफल भयो।
- नेपाल र कोरियाबीचको सम्बन्ध, पर्यटन प्रवर्द्धन र विकासमा सहयोगबारे कुराकानी भयो।
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ कोरियाका सांसद ली योङ्ग सुनसँग भेट गर्दै काठमाडौँस्थित कोरियन दूतावासमा भिसा प्रक्रियाका क्रममा नेपाली नागरिकले भोग्नु परेको कठिनाइ सहजीकरणका लागि आग्रह गरेका हुन् ।
जबाफमा दक्षिण कोरियाली सांसद सुनले यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको शाहीले रातोपाटीलाई जानकारी दिए ।
भेटवार्तामा नेपाल र कोरियाबिच मैत्रीपूर्ण सम्बन्ध, कोरियाको विकास र प्रविधिबाट नेपालले लिन सक्ने अनुभव, कोरियामा रहेका नेपालीहरूको समस्यामा सहयोग र समन्वयको भूमिकाबारे पनि चर्चा भएको शाहीले बताए ।
कोरिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूलाई सहजीकरण, नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि कोरियाको सहयोगजस्ता विषयमा महत्त्वपूर्ण छलफल भएको शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण