लिचिबारी जग्गा प्रकरणबारे बोल्यो कास्की मालपोत
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित १३५ रोपनी लिचिबारी जग्गाको विषयमा कास्की मालपोत कार्यालयले मुख खोलेको छ ।
कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय र कार्यालय प्रमुखलाई जोडेर प्रकाशित समाचारहरू आधारहीन, तथ्यहीन, भ्रामक र कपोलकल्पित भएको बताएको छ ।
कार्यालयका सूचना अधिकारी गोविन्द सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय केही दैनिक पत्रिका तथा अनलाइन सञ्चारमाध्यमले कार्यालयको गरिमा, साख र मर्यादामा आँच पुऱ्याउने मनसायले समाचार प्रकाशन गरेको आरोप लगाइएको छ।
‘कार्यालयबाट आवश्यक सूचना, जानकारी एवं सत्य तथ्य नबुझी कार्यालयलाई नै बदनाम गराउने तरिकाले समाचार प्रकाशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन समाचारले कार्यालयको विश्वसनीयतामाथि नै आँच ल्याउने र जनमानसमा भ्रम पैदा गर्ने कार्य भएको छ।’
कार्यालयले आफूहरूले नेपाल सरकारको नीति, नियम, कानुन र प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि गैरकानुनी काम नगर्ने र गर्न नमिल्ने स्पष्ट पारेको छ। कार्यालयले आफ्नो परिवारलाई बदनियतपूर्वक बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
विज्ञप्तिमा सञ्चारमाध्यमहरूलाई कुनै पनि समाचार प्रकाशन गर्नुअघि सत्य तथ्य बुझेर मात्रै प्रकाशन गर्न आग्रह गरिएको छ। कार्यालयले आफूहरू जग्गा प्रशासनसम्बन्धी कामकारबाहीमा कानुनबमोजिम सेवाग्राहीलाई सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण