चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : रामवरण यादव
मङ्गलबार, २० साउन २०८२, २१ : ०५
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमुना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए ।
उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे। पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे ।
उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण