महिलालाई बन्धक बनाएर बलात्कार गरेकाे आरोपमा दुई जना ३ महिनापछि पक्राउ
काठमाडौँ । पर्सामा ३४ वर्षीया महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने आरोपीहरूलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ घर भएका ४० वर्षीय नेक महमद र रौतहट भएर भएर वीरगञ्ज बस्ने २१ वर्षीय अफताव अन्सारी छन् ।
उनीहरूले २०८२ वैशाख २० मा गोठबाट फर्किँदै गरेकी महिलालाई बाटोमा घेरा हालेर अपहरण गरेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए ।
आरोपीहरूले पीडितलाई वीरगञ्जको बसपार्क स्थित गणेश होटलमा लगेर बलात्कार गरेका हुन् । ३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेर पीडितलाई उनीहरूले वैशाख २३ मा बिहान घडिअर्वा पोखरीमा ल्याएर छाडेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मंगलबार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए । आरोपीहरूमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।
आरोपी नेक महमदले वीरगञ्ज महानगरपालिका–१३ स्थित राधेमाईमा मोटरसाइकल वर्कशप सञ्चालन गरेका छन् । अर्का आरोपी अफताव अन्सारी सो वर्कसपमा काम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण