खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
बुधबार, २१ साउन २०८२, ०९ : ३६
सारांश
- झापाको गौरादहमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेकी छिन्।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र यसअघि बुद्धशान्तिमा पनि यस्तै घटना भएको थियो।
झापा । झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण