शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सरकारको नीतिविरुद्ध उखु किसानद्वारा रौतहटमा प्रदर्शन

बुधबार, २१ साउन २०८२, ११ : ०९
बुधबार, २१ साउन २०८२

सारांश

  • रौतहटमा उखु किसानहरूले अनुदान हटाउने सरकारी नीतिको विरोध गर्दै प्रदर्शन गरे।
  • किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन माग गरेका छन्।
  • आगामी भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिने किसान नेताहरूको चेतावनी छ।

रौतहट । उखुमा किसानलाई दिइँदै आएको अनुदान हटाउने सरकारको नीतिविरुद्ध रौतहटका किसान सडकमा उत्रिएका छन्।

बुधबार कटहरिया नगरपालिका-९ स्थित बाबा बैजूनाथ सुगर एन्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै विरोध प्रदर्शन गरेका हुन्।

उखु उत्पादक संघ, रौतहटको अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गराइनुपर्ने, आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य तत्काल निर्धारण गरिनुपर्ने र पुरानो बाँकी अनुदान रकम समेत तुरुन्त भुक्तानी गरिनुपर्ने माग गरेका छन् । 

प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरू अशोक यादव, रामभरोस यादव, कुमार चौलागाईं र राजकुमार दास लगायतले आक्रोश व्यक्त गर्दै आफूहरूको मागबारे सरकार गम्भीर नभए आगामी भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा गएर धर्ना सुरु गर्ने चेतावनी दिए । 

संघर्षरत किसानहरूको पक्षमा बोलेका बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि सरकारलाई अपिल गर्दै किसानको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप