राजनीति व्यापार होइन: मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति सेवा र धर्म भएको बताए।
- उनले जनतालाई न्याय, शान्ति र विकास दिन प्रतिबद्ध रहेको जनाए।
- मुख्यमन्त्री बानियाँले आफ्नो तलब भत्ताबाट गरिब परिवारका लागि घर बनाउने घोषणा गरे।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति व्यापार नभई सेवा र धर्म भएको बताएका छन् ।
बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल प्रतिबद्ध रहेको उनले बताए ।
‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनको लागि राजनीति गरेको हो,’ मुख्यमन्त्री बानियाँले भने, ‘त्यो बाटोमा हामी एक दिन पनि नअल्मल्लिइकन ठिक र सत्य, न्याय र इन्साफ गरिबको निमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जबाफदेही भएर निष्पक्ष सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदछु ।’
आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गरे । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलब भत्ताको रकमले घर बनाउने प्रतिविद्धतासमेत व्यक्त गरे ।
नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरूलाई स्वागत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण