धनुषलाई डेट गर्दैछिन् मृणाल ठाकुर ?
सारांश
- अभिनेत्री मृणाल ठाकुरको जन्मदिनको भिडियोमा धनुषसँगको दृश्य सार्वजनिक भएको छ, जसमा उनीहरु डेटिङमा रहेको चर्चा छ।
- भिडियोमा धनुष र मृणाल ठाकुर एकअर्कासँग कुरा गरिरहेको र कुइँसा कुरा गरेको देखिन्छ, जसले डेटिङको हल्लालाई बढाएको छ।
- मृणालले आफ्नो करियर र कामबारे विचार व्यक्त गर्दै दुष्ट नजरको डर रहेको बताएकी छिन्, जबकि धनुषको पहिले नै सम्बन्ध विच्छेद भइसकेको छ।
नयाँदिल्ली । बलिउड अभिनेत्री मृणाल ठाकुरले अगस्ट १ मा आफ्नो जन्मदिन मनाइन् । यसको एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ, जसमा उनको साथमा दक्षिण भारतीय अभिनेता धनुष पनि देखिएका छन् ।
यो भाइरल भिडियोमा धनुषले मृणालको हात समातेको देख्न सकिन्छ । उनीहरू दुवै जना कुरा गरिरहेका छन् । यसैबिच मृणालले उनको कानमा खुसखुस गरेर कुरा गरेको पनि देखिन्छ । यी भिडियो हेरेपछि यी दुईबिच डेटिङ चलिरहेको चर्चा चुलिएको छ ।
अजय देवगणसँग मृणालको पछिल्लो फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा भाग लिन धनुष मुम्बई आएपछि दुईबिच डेटिङको हल्लाले बल पाएको थियो । यही भिडियोलाई सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले ‘के धनुष र मृणाल ठाकुर डेटिङ गरिरहेका छन् ?’ भन्ने क्याप्सनसहित सेयर गरेका थिए । यो भिडियो निकै भाइरल भयो ।
डेटिङको हल्लाबारेमा यसो भन्छिन् अभिनेत्री
इन्स्ट्यान्ट बलिउडसँग हालै भएको कुराकानीमा मृणालले धेरै सोचविचार गरेर मात्रै आफ्नो करियरबारे निर्णय लिने भनेकी थिइन् । ‘मलाई मेरो करियरमा अझै धेरै गर्नुछ ।
धेरै कामहरू यस्ता पनि छन्, जसमा मैले अहिलेसम्म काम गरेकै छैन । तर मैले ती चिजबारे त्यतिबेला मात्रै कुरा गर्नेछु जतिबेला मैले वास्तवमै ती काम गर्न थाल्नेछु, यीबारे बताएर म यसलाई बिगार्न चाहन्न । म दुष्ट नजर भन्ने कुरामा पूरै विश्वास गर्छु । यस्तो नजर लागि हाल्छ’ अभिनेत्रीले भनिन् ।
धनुषले रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए । तर १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याउँदै २०२२ मा यो जोडीले अलग हुने निर्णय गर्यो । २०२४ मा यी दुईको सम्बन्ध विच्छेद भयो । यस विवाहबाट उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण