मोर्चाको कार्यक्रम भैरहवामा
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाले भैरहवामा कार्यक्रम गर्दैछ, जसमा तराई मधेसका दलहरूको सहभागिता रहनेछ।
- मोर्चाले देशका विभिन्न ठाउँमा कार्यक्रम गर्ने घोषणा गरेको छ, जसअनुसार भैरहवामा कार्यक्रम हुँदैछ।
- कार्यक्रममा विभिन्न दलका नेताहरूले मन्तव्य दिनेछन् र यसअघि काठमाडौंमा पनि यस्तै कार्यक्रम भएको थियो।
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा बुधबार भैरहवामा हुन लागेको छ ।
तराई मधेसका सात वटा दलले गठन गरेको मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यको विषयमा जानकारी गराउन मोर्चाले देशका विभिन्न ठाउँमा कार्यक्रम गर्ने घोषणा अनुरूप आज भैरहवामा हुन लागेको हो ।
भैरहवाको कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गरेको छ । सो कार्यक्रममा मोर्चाका घटक दल राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, लोसपा नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालका महासचिव रामकुमार शर्मा, राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झालगायतका नेताहरूले मन्तव्य दिने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि मोर्चाले त्यस्तै कार्यक्रम साउन १८ गते काठमाडौँमा गरेको थियो । भैरहवापछि साउन २३ गते नेपालगन्ज, २५ गते कैलाली, भदौ १६ गते विराटनगर, भदौ १८ गते विराटनगर, भदौ २० गते जनकपुर र २२ गते वीरगन्जमा कार्यक्रम हुने मोर्चाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण