ट्रम्पका विशेष दूत विटकफ पुगे मस्को
सारांश
- अमेरिकी दूत स्टिभ विटकफ युक्रेन र रुसबीच शान्ति सम्झौताका लागि मस्को पुगे।
- ह्वाइट हाउसले शान्ति वार्ता चाँडै नभए रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।
- विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावनाबारे रुसले केही बताएको छैन।
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ बुधबार रुसको राजधानी मस्को आइपुगेका छन् । युक्रेन र रुसबिच शान्ति सम्झौता गर्ने प्रयास अनुरूप विटकफको मस्को भ्रमण भएको हो ।
हालै ह्वाइट हाउसले रुसलाई चाँडै शान्ति भएन भने कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी दिएको थियो ।
रूस पुग्ने बित्तिकै स्टिभ विटकफ मस्कोको जर्यादिए पार्कमा रुसी राष्ट्रपतिका आर्थिक मामिला दूत किरिल दिमित्रीभसँग हिँडिरहेको देखिएका छन् । दिमित्रीभले यसअघि रुस र युक्रेनबीचको शान्ति वार्तामा महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् ।
विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्नेछन् वा छैनन् भन्ने कुरा रुसले अहिलेसम्म बताएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विटकफको आगमनलाई स्वागत भन्दै यी वार्ताहरू धेरै महत्त्वपूर्ण र लाभदायक भएको बताएका थिए ।
यसअघि ट्रम्पले रुसलाई शुक्रबारसम्म शान्ति वार्ता गर्न अल्टिमेटम दिएका थिए । युक्रेनमा हिंसा रोकिएन भने, अमेरिकाले रुसमाथि भारी कर र कडा आर्थिक उपायहरू लगाउन सक्ने चेतावनी उनले दिएका थिए । तर, अहिलेसम्म रुसले अमेरिकी धम्कीहरूलाई बेवास्ता गरेको छ । वार्तामा कुनै ठुलो परिवर्तन आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण